एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छ : घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव घनश्याम भुसालले पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।

बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताएका हुन् । उनले प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको बताए ।

उनले पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको पनि बताए । उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरूको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरू त्यसैअनुरूप अगाडि बढेको बताए । नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाइ छ ।

‘महाधिवेशनबाट हामी निक्लदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौं भन्ने बारेमा हामीले छलफल गर्दैछौं,’ भुसालले भने, ‘सबै प्रतिनिधिहरूको चासो, चिन्ता, संककल्प, प्रयत्न त्यही नै हो । त्यसमा हामी निराश छैनौं । अलिकति समय लागेको छ तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ ।’

उनले आफूहरूले भरसक निर्वाचनमा जान नचाहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *