ललितपुरका मेयर महर्जनलाई अख्तियारले बोलायो

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

आफ्नो अघिल्लो कार्यकालमा मेयर महर्जनले बाढीपहिरो पीडितलाई आर्थिक सहयाेगका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि उनलाई सोधपुछका लागि बोलाइएको आयोगले जनाएको छ ।

मेयर महर्जनविरूद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम वपरीत रकम बाँडेको उजुरी आयोगमा परेको छ ।

उजुरीमा मेयर महर्जनले २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाख रूपैयाँका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ ।

पत्रमा मेयर महर्जनलाई असार २६ गते बिहान १० बजे आयोगमा उपस्थित हुन भनिएको छ ।

बुधबार महानगरका मेयर चिरीबाबु महर्जन स्वयं उपस्थित भएर अख्तियार आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएका थिए ।

अमात्यले वडा नम्बर-१०, चाकुपाटस्थित सम्पदाको जग्गा मिचेर पर्खाल लगाएको महानगरले बताएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *