प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरूद्ध यौन दुर्व्यवहारको उजुरी, संसदीय सुनुवाइ स्थगित

संवैधानिक परिषदले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेका कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ ।

बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएको भन्दै शुक्रबारका लागि निर्धारित सुनुवाइ स्थगित गरेको हो ।

प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको र उनकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै उनविरूद्ध सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् । प्रधानविरूद्ध अन्य उजुरीहरू पनि परेका थिए ।

सुनुवाइ समितिका सदस्य नेकपा (एमाले) का सांसद महेश बर्तौलाका अनुसार बिहीबार उजुरीकर्तासँगको छलफलपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको हो ।

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उनीमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।

निर्वाचन पर्यवेक्षकको रूपमा समेत काम गरिसकेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *