सर्वसम्मत नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् ।

बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *