
मालीको बन्दियागारामा आक्रमण, २० जनाभन्दा बढीको मृत्यु


मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा आतङ्ककारी आक्रमण हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
सोमबार साँझ करिब ५ बजे कातिबा मासिनाका दर्जनौँ आतङ्ककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए । अस्थायी टोलमा डोजो शिकारीहरू (परम्परागत शिकारीहरू) सहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका हुन् ।
प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेका थिए ।
सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय सङ्कटको बीचमा आतङ्कवादी हमलाहरूबाट ग्रस्त छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया