तोलामा १,६०० रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय रूपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *