जेठ महिनामा १ अर्ब २१ करोडका १० हजार बढी बीमा पोलिसी सरेन्डर

पछिल्लो एक महिनामा १ अर्ब भन्दा बढीको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुको १ अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको हो ।

यो अवधिमा जीवन बीमा कम्पनीहरुका १० हजार ९३५ वटा बीमालेख सरेन्डर भएको तथ्यांकले देखाएको छ । एक महिनाको अवधिमा सबैभन्दा धेरै बीमा पोलिसी सरेन्डर हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीको जेठ महिनामा ३५ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो कम्पनीबाट एक महिनामा २ हजार २०९ वटा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै एक महिनामा धेरै पोलिसी सरेन्डर हुने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रहेको छ । एक महिनाको अवधिमा यो कम्पनीको ३५ करोड ४९ लाख रुपैयाँ बराबरको ३ हजार ४६३ वटा पोलिसी सरेन्डर भएका छन् ।

त्यस्तै यो अवधिमा राष्ट्रिय बीमा कम्पनीको ११ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । जेठ महिनामा यो कम्पनीको १ हजार ४०८ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । धेरै पोलिसी सरेन्डर हुने कम्पनीको चौथो नम्बरमा रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीका ६३६ वटा बीमा पोलिसीबाट ७ करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको तथ्यांक छ ।

प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा मेट लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड २४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । एक महिनामा यो कम्पनीका ३९२ वटा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै जेठ महिनामा एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ बराबरको ७७६ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । यो अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १ करो ३२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा कम्पनीका १४७ वटा पोलिसी सरेन्डर भएका छन् ।

त्यस्तै जेठ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सको ४४ लाख रुपैयाँ रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो जेठ महिनामा कुनै पनि कम्पनीको सरेन्डर भउको रकम र संख्या दुवैमा सबैभन्दा कम हो । जेठ महिनामा यो कम्पनीको ५७ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा रिलायबलको १३४ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

त्यस्तै यो अवधिमा सिटिजन लाइफको १ करोड २३ लाख रुपैयाँको २४६ वटा पोलिसी सरेन्डर भएका छन् । जेठ महिनामा सूर्यज्योति लाइफको ६ करोड ९७ लाख रुपैयाँ बराबरको ५९८ वटा, सानीमा रिलायन्स लाइफको १ करोड ६३ लाख रुपैयाँ बरारबको १२० पोलिसी, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाख रुपैयाँ बराबरको ५६८ वटा र प्रभु महालक्ष्मी लाइफको ३ करोड ४२ लाख रुपैयाँको १८१ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

आर्थिक मन्दी लगायतका कारणले पछिल्लो समय बीमा पोलिसि सरेन्डर भइरहेको बीमा प्राधिकरणका कर्मचारीहरुले बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *