देश र पार्टी बनाउनुपर्छ भन्दा निलम्बन पत्र थमाइयो : डा.मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुकुल ढकालले देश र पार्टी बनाउनुपर्छ भन्दा आफूलाई निलम्बन पत्र थमाइएको जिकिर गरेका छन्। बुधबार बसेको केन्द्रीय समितिको बैठकले आफूलाई सात दिनका लागि निलम्बन गरेपछि उनले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्।

उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले देश बनाउँछन् भन्नले लागेर आफूले उनलाई समर्थन गरेको तर उनले पार्टी र देश दुवै नबनाउने संकेत देखेपछि उनको विरोधमा लाग्दा आफूलाई निलम्बनपत्र थमाउने अवस्था आएको जिकिर गरेका छन्।

‘उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिएँ। केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागु गरिदिएँ। पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो ? त्यो आजको बैठकले छर्लङ्ग भएको छ, ‘ ढकालले लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *