म माथि सबै दोष थोपर्न खोजिँदै छ, मलाई ह्यारेसमेन्ट भयो : डा. मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका छन् । उनले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको आरोप लगाए ।

बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ढकालले गोरखा मिडियासँग पनि जोडेर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिए ।

उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जीवी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो ।’

उनले बैठकमा आफूलाई जबरजस्ती बोल्न कर गरेर ह्यारेसमेन्ट गरिएको बताए । ‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन । राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्‍यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ? मलाई पार्टीको चिन्ता छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर