काठमाडौँ महानगरभित्र १३ ब्रान्डका खाने तेल परीक्षण गर्दा ४ गुणस्तरहीन

काठमाडौँ महानगरपालिकाभित्र गुणस्तरहीन खाने तेल बिक्री हुने गरेको पाइएको छ । महानगरले गरेको केही ब्रान्डका खाने तेलको नमुना परीक्षणमा यस्तो पाइएको हो ।

महानगरका अनुसार १३ ब्रान्डको नमुना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । महानगरका अनुसार पक्वान, अमृत, फेमिली र क्वालिटी ब्रान्डको खाने तेलमा अखाद्य वस्तु फेला परेको हो ।

२७ पुस २०८० मा मोरङको श्रीराम रिफाइन्ड आयलले उत्पादन गरेको पक्वान ब्रान्डको ब्याचरलट नम्बर एस २ को रिफाइन सोयाबिन तेलमा पेरोक्साइड र एसिड भ्यालुको मान सरकारले तोकेको मापदण्डभन्दा धेरै पाइएको महानगरले जनाएको छ ।

यस्तै २०२४ अप्रिल महिनामा क्वालिटी आयल रिफाइनरी प्रालिले उत्पादन गरेको क्वालिटी ब्रान्डको ब्याचरलट नम्बर ८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरले जनाएको छ ।

यसैगरी शिवशक्ति घिउ उद्योग जीतपुरले आयातित तोरीबाट २०८० साल माघमा उत्पादन गरेको फेमिली ब्रान्डको तोरीको तेलमा पेरोक्साइड भ्यालु मापदण्ड अनुसार नरहेको पाइएको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्रान्डहरू हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर