समयसापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता हो : नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताएका छन् ।

बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् ।

उनले ०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउने बताए । उनले दुर्भाग्यपूर्ण स्थिति आउन नदिन संविधान संशोधन गर्ने र निकास दिनेतिर सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

‘अहिले समयसापेक्ष जनताको भावना र दृष्टिकोण के छ, त्यसलाई प्रतिनिधित्व हुने गरेर संविधान संशोधन अहिलेको आवश्यकताको रूपमा चारैतिरबाट आइरहेको छ,’ नेता केसीले भने, ‘०७२ को संविधान नेपाली जनताको सर्वोच्चताको प्रतिनिधित्व गर्दै संविधानसभामार्फत निर्मित यो संविधान । यो पनि असफल हुने स्थिति आयो भने देशमा दुर्भाग्यपूर्ण परिस्थिति आउँछ ।’

उनले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको पछिल्लो सहमतीले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताए । उनले आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामुहिक मिसनको रुपमा लिएर जानुपर्ने बताए ।

उनले सरकार परिवर्तन केवल मन्त्री बनाउनका लागि मात्रै नभई जनतामा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी हुनुपर्ने बताए ।
नेता केसीले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँदै गर्दा संसदको प्रतिपक्ष भूमिका कमजोर हुन सक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरूले प्रतिपक्षको सशक्त हैसियतलाई जीवन्त राख्न सक्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर