अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट इन्डो-अमेरिकन दम्पती पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक विदेशी दम्पती पक्राउ परेका छन् ।

भारतीय मूलका अमेरिकी नागरिक ७० वर्षीय जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र उनकी श्रीमती ६३ वर्षीया प्रतिमाबेन जयन्तीभाइ लिम्बाचियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग एरियामा चेकिङ गर्दा ह्याण्ड ब्यागमा अवैध विदेशी मुद्रा फेला परेपछि उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूका साथ १९ हजार ५९ अमेरिकी डलर, ८ हजार ९ स६६ चाइनिज युआन र ६० हजार २ सय भारतीय रूपैयाँ बरामद भएको छ । पक्राउ दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर