धनुषाबाट पिस्तोलसहित भारतीय नागरिक पक्राउ

धनुषाबाट पिस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार सीतामढी ग्राम पन्चायत बैरगिनिया-५ का २७ वर्षीय महमद अनवर खान मंगलबार साँझ पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई मुखियापट्टी मुसहरनिया गाउँपालिका-६, लक्ष्मीपुरबाट १ थान मेड इन यूएसए लेखिएको पिस्तोल, ६ राउण्ड गोली र १ थान म्याग्जिनसहित पक्राउ गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उनले प्रयोग गरेको बीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यानसमेत बरामद गरेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर