अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरको डोजर

ललितपुर महानगरपालिकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको छ ।

बुधबार दिउँसो मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका-१०, चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो ।

घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।

तर, स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरिएको थियो । तर, नमानेपछि डोजर लगाइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *