विपद् प्रतिकार्यका लागि रेडक्रसले खटायो ७७ वटै जिल्लामा तालिमप्राप्त स्वयंसेवक

नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्यधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाई विपद् पूर्वतयारीका कामहरू अघि बढाएको जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आकलनबीच हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विपद् पूर्वतयारीका कामहरू पनि अघि बढाएको बताए । रेडक्रसले विपद् पूर्वतयारीस्वरूप मनसुन पूर्वतयारी योजना निर्माण गरेको उनले बताए ।

हेर्नुहाेस् भिडियाे 

उनले मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपतकालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरूको विवरण परिचालनका लागि अद्यावधिक गर्ने काम सम्पन्न गरेको जानकारी दिए । उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीका लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताए ।

उनले लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ती जिल्लाहरूमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरू प्रदान गरिसकेको पनि बताए ।

सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारण भइसकेको र सबै स्वयंसेवकहरू तयारी अवस्थामा रहेको पनि उनले बताए । उनले सबै मिलेर विपद् प्रतिकार्यमा जुटे मात्रै क्षति न्यूनीकरण गर्न सकिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर