सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारीमा एमाले

नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ ।

एमाले र नेपाली कांग्रेसले नयाँ समीकरण निर्माण गरेर सरकार बनाउने सहमति गरेपछि संकटमा परेको वर्तमान सरकारका प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिने बरू संसदबाट विश्वासको मत लिने बताएका छन् ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले दाहाललाई आजसम्म पदबाट राजीनामा गर्न आग्रह गरेको थियो । तर, दाहालले आफ्नो अडान कायमै राखेपछि एमालेले उनलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

दाहालले विश्वासको मतको प्रक्रियामा जाने अडान नछाडे एमालेले आजै समर्थन फिर्ता लिने प्रमुख सचेतक महेश बर्तौलाले बताए । केहीबेरपछि बैठक बसेर समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामाबारे निर्णय हुने उनको भनाइ छ ।

सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो । सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर