रास्वपामा तरंग ल्याएको मुकुल ढकालको प्रतिवेदनमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालको प्रतिवेदनले पार्टीभित्र तरंग ल्याएको छ । यहाँसम्म कि पार्टी सभापति रवि लामिछानेले पार्टीको बैठकमा उक्त प्रतिवेदन प्रस्तुत गर्ने अनुमतिसम्म दिएनन् र महामन्त्री ढकालले आफ्नो प्रतिवेदन मिडियामार्फत सार्वजनिक गरे ।

यस्तै आफूलाई बोल्न नदिइएको भन्दै महामन्त्री ढकाल पार्टीको बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा मास्क लगाई मास्कबाहिर कालो टेप टाँसेर सहभागी भए । केन्द्रीय समितिको बैठक लाइभ गनुपर्ने माग गर्दै आएका ढकालले पार्टीभित्र आफ्नो व्यक्तिगत जीवनका विषयमा टिप्पणी भएको आक्रोशमा प्रतिवेदनमै आफूले विवाह गर्ने वा नगर्नेबारे पार्टीले निर्णय गरिदिनुपर्नेसम्मका कुरा उठाएका छन् ।

यसबीच भने महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका छन् । महामन्त्री ढकालले मुखमा क्रस कालो टेपसहितको मास्क लगाएपछि सहमहामन्त्री बुर्लाकोटीले प्रतिवेदन वाचन गरिदिएका हुन् ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *