
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ
'संसदको कामकारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु'


प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने बताएका छन् ।
बुधबार सभामुख देवराज घिमिरेबाट प्रतिनिधिसभा सचिवको रूपमा शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडि बढ्ने बताए ।
‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधिसभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्याउनु हो । र, सम्माननीय सभामुखज्यूको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरूको बारेमा अध्ययन गर्ने र पेस गर्ने लगायतका कामहरू पर्छन्,’ उनले भने, ‘सभामुखलाई सहयोग गर्ने, संसदका कामकारबाहीलाई व्यवस्थित गर्न, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भूमिका रहनेछ ।’
अधिकारीलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभा सचिवमा नियुक्त गरेका हुन् । सचिव अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया