बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

अर्घाखाँचीमा बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मालारानी गाउँपालिका-६, साकिन्धारा बस्ने ४३ वर्षीय आत्मबहादुर भलामी मगर मंगलबार राति पक्राउ परेका हुन् ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय, खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर