सिंहदरबारमा कृषि प्राविधिकहरूको धर्ना

कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणीका कर्मचारीहरूले मन्त्रालयमा धर्ना दिएका छन् । बुधबार पनि अधिकृतस्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा परीक्षा आवेदन नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोधस्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए । उनले आन्दोलन असार १४ गतेदेखि सुरू गरेको भए पनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए ।

उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रूपमा परीक्षा आवेदन नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए ।

उनले सबै अधिकृतहरूले हाजिरी नगरेको र बिदामा बसेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *