
सरकारको नेतृत्व पहिला एमालेलाई दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आफ्नो साझेदारीमा नयाँ गठन हुने सरकारको नेतृत्व पहिला नेकपा (एमाले) लाई दिने भएको छ ।
बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफूहरूबीचको सत्ता सहकार्यको समझदारीलाई अनुमोदन गर्दै सरकारको नेतृत्व पहिला एमालेलाई दिने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने जानकारी दिए ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया