जोशीको अवकाशसँगै पोखरेललाई दुई दिन एआईजी बन्न बाटो खुला

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी अवकाशमा गएका छन् ।

प्रहरीमा विद्यमान ५६ वर्षे उमेरहदका कारण एआईजी जोशी मंगलबार राति १२ बजेबाट सेवानिवृत्त भएका हुन् ।

अवकाशसँगै जोशीलाई निमित्त प्रहरी महानिरीक्षक (आईजीपी) टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए ।

एआईजी जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्र्रवेश गरेका थिए ।

जोशीका ठाउँमा रिक्त पदमा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई सिफारिस गरिसकिएको छ । जोशी अवकाशमा गएसँगै पोखरेललाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ ।

एआईजी बढुवा भए पनि पोखरेल २१ असारबाटै अवकाशमा जानेछन् । उमेरहदका कारण उनी दुई दिन मात्रै एआईजीको भूमिकामा रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर