युरोकप फुटबल : क्वार्टरफाइनल समीकरण पूरा

जर्मनीमा जारी १७औँ संस्करणको क्वार्टरफाइनल (अन्तिम ८) समीकरण पूरा भएको छ ।

आज बिहान अन्तिम १६ अन्तर्गत टर्की र अष्ट्रियाबीचको खेल सकिएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगितामा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेरदल्याण्ड्स, टर्की, इङल्याण्ड र स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेका हुन् ।

अन्तिम १६ मा स्पेनले जर्जिया, जर्मनीले डेनमार्क, पोर्चुगलले स्लोभेनिया र फ्रान्सले बेल्जियमलाई हराएको थियो । यस्तै, नेरदल्याण्ड्सले रोमानिया, टर्कीले अष्ट्रिया, इंग्ल्याण्डले स्लोभाकिया तथा स्वीट्जरल्याण्डले इटालीलाई पराजित गरेका थिए ।

अब क्वार्टरफाइनलमा स्पेन र जर्मनी, पोर्चुगल र फ्रान्स, नेदरल्याण्ड्स र टर्की तथा इंग्ल्याण्ड र स्वीट्जरल्याण्डसँग खेल्ने छन् । क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर