पोखरामा एनएमबि बैंकको एटीएम फोड्न खोज्ने पक्राउ

पोखरामा एनएमबि बैंकको एटीएम फोड्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्वलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का रुपेश नेपाली रहेका छन् ।

मंगलवार विहान पोखरा महानगरपालिका ५ जिरो किमि स्थित एनएमबि बैंकको एटिएम मेसिनमा प्रवेश गरी एटिएम तोडफोड गरी चोरी गर्न खोजेको सुचनाको आधारमा वडा प्रहरी कार्यलय बैदामबाट खटिएको टोलीले नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर