कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, एमालेसँगको सहमति अनुमोदन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आजको बैठकबाट कांग्रेसले सरकार बनाउनेबारे एमालेसँग भएको सहमति अनुमोदन गर्नेछ। यसअघि मंगलबारको पदाधिकारी बैठकमा देउवाले एमालेसँग भएको सहमति ब्रिफिङ गरेका थिए।

आज केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेपछि एमालेसँग मिलेर सरकार बनाउने पार्टीको निर्णय बन्नेछ। नेपाली कांग्रेस र एमालेबीच शनिबार मध्यरातमा सरकार बनाउने सहमति भएको थियो।

उक्त सहमति अनुसार सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। कांग्रेस र एमाले दुवैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा गरेर मार्गप्रशस्तका लागि आग्रह गरेको छ।

प्रधानमन्त्री प्रचण्डले भने तत्काल राजीनामा नदिने बरू संसदबाट  विश्वासको मत सामना  गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर