गृह मन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनवाइ

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेको थियो ।

त्यसअघि न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यो विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । साथै रिटमा कुनै पनि सहकारी ठगी प्रकरणमा नमुछिएको भन्दै लामिछानेलाई क्लिनचिट दिने महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर