मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान
१८ असार २०८१ २१:२७
मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ ।
चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो ।
कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए ।
नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा रु १५ अनुदानको व्यवस्था गरेको थियो ।
कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार आठ हजार नौ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए ।
- एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै
- आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल
- संविधानको मर्म विपरीत अधिकारहरू कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह
- न्यायपरिषद्लाई नेपाल बारको चेतावनी- यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गर्छौैं
प्रतिक्रिया