सभापति देउवा र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
१८ असार २०८१ २०:४६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए ।
सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले बताए ।
नेता रायमाझीका अनुसार अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताए ।
- वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने
- जुम्लामा नूनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेसन
- ३० वर्षे सेवा अवधि : २१ प्रहरी अधिकृतले फिर्ता लिए सर्वोच्चमा दायर रिट
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
प्रतिक्रिया