प्रधानमन्त्री दाहाललाई एमालेको आग्रह- मार्गप्रशस्त गर्नुस्

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबारसम्ममा राजीनामा दिन आग्रह गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई बुधबारसम्ममा मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

सोमबार मध्यराति एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गर्ने गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो । सोहीअनुरूप नयाँ सरकार निर्माणका लागि एमालेले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न भनेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुन संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर