सहकार्यमा आउन विपक्षी दलका नेताहरूलाई कांग्रेस सभापति देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबाहेक दलका नेताहरूसँग सरकारमा लागि सहकार्यका लागि आग्रह गरेका छन् ।

मंगलबार साँझ बूढानीलकण्ठस्थित निजी निवासमा भएको छलफलमा नेकपा (एमाले) सँग सत्ता सहकार्य गरेर अघि बढ्ने समझदारी बनेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विपक्षी दलका नेताहरूलाई छलपलमा बोलाएका थिए ।

छलफलमा कांग्रेस सभापति देउवासहित कांग्रेसका उपसभापति पूुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सोही पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लालगायत सहभागी थिए ।

छलफलका क्रममा देउवाले राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको भन्दै सहकार्य गर्न दलका नेताहरूलाई आग्रह गरेका हुन् । सभापति देउवाले देश हितका लागि सँगै अघि बढ्नुपर्ने समय आएको भनाइ राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर