
पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाइयो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ ।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको यो आदेशसँगै प्रहरीले उनलाई केन्द्रीय कारागार पठाएको हो ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।
यो प्रकरणमा प्रहरीले आरोपीहरू पक्राउ गर्न थालेदेखि नै थापा फरार थिए । उनलाई प्रहरीले गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्नताको आरोपमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् । नेपाली कांग्रेसका नेता नेता बालकृष्ण खाण र आङटावा शेर्पासहित केही आरोपी भने धरौटीमा रिहा भएका छन् ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया