प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी
१८ असार २०८१ १७:२०
प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् ।
पूर्वसचिव अधिकारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेय प्रतिनिधिसभाको महासचिव भएपछि सचिव पद रिक्त थियो ।
प्रतिक्रिया