भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न सकेनन् : रवि लामिछाने (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

मंगलबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुने प्रयत्न भएको बताए । उनले भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।

‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि !,’ गृहमन्त्री लामिछानेले भने, ‘जुन ढंगले सरकार अघि बढेको छ, तपाईंहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्‍याे, फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको, त्यति पनि बुझ्न सक्दैन त ?’

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर