
पोखरा महानगर कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कास्कीस्थित पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
फूलबारीस्थित मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत अस्पताल भवनको करिब २० करोड रूपैयाँ राजस्व छुट दिएको भन्दै उजुरी परेपछि आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा मारेको हो ।
आयोगको टोलीले महानगर कार्यालयमा छापा मारेर कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।
२०५९ सालमा निर्माण सम्पन्न भएको मणिपाल शिक्षण अस्पताल भवनको वर्षौंदेखि महालेखापरीक्षकको कार्यालयले नक्सापास नलिई जरिवानासहित राजस्व उठाउन भन्दै आएको थियो ।
भारतीय कम्पनीबाट आनन्दराज बतास, नारायण पौडेलले किनेपछि मेयर धनराज आचार्य नजिक रहेको बतास समूहले मणिपालको राजस्व छुट गराएर नक्सापास गराएको थियो ।
२०७९ जेठमा कार्यपालिका बैठकबाट नक्सापास र जरिवानावापत २१ करोड ५७ लाख ११ हजार ७९८ रूपैयाँ लिनुपर्नेमा १ करोड ७५ लाख मात्र लिएर अरू छुट गराउने निर्णय भएको थियो ।
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
- आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक : परराष्ट्रमन्त्री
- सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण ऐन संशोधन गर्यौँ : बलराम अधिकारी
प्रतिक्रिया