गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारू व्यक्तित्व रहेको बताए । उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण गणतन्त्रसम्म आएको बताए ।

‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारू व्यक्तित्व हुनुहुन्थ्यो,’ देउवाले भने, ‘त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ ।’

उनले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाको सहयोगमा विश्वविद्यालयको पहिलो चुनाव लड्दा आफू पराजित भएको पनि स्मरण गरे । गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर