नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिन्छौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलबार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस-एमाले सत्ता समीकरण बन्ने कुरा जनताको हितमा नरहेको बताए । उनले नेपालको राजनीति निरन्तर चलखेल भइरहेको बताए । उनले अब बन्ने गठबन्धनमा रास्वपा नरहने पनि बताए ।

‘पछिल्लो सयमा जे भएको छ, यसमा पनि देश र जनताको हितमा छ भन्ने लाग्दैन । यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौं,’ उनले भने, ‘हामी सरकारमा जाँदैनौं । अर्को सरकार अघि बढ्ने प्रक्रिया भएपछि हामी सरकार छोड्छौं ।’

प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरू पुरानो परिपाटीबाट पछि नहटेको आरोप लगाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर