पूर्वप्रधानमन्त्री छोरा र उद्यमी, जो सरकार फेर्न सक्रिय रहे

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्पमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूबीच केही समयअघिदेखि गोप्य रूपमा छलफल चलिरहेको थियो । तर, केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भयो, तब सरकार परिवर्तनको विषय सार्वजनिक भयो ।

सोमबार मध्यरातमा सरकार परिवर्तनका लागि सहमति भयो । ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिका लागि सक्रिय थिए, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल र उद्यमी क्याप्टेन रामेश्वर थापा ।

सोमबार साँझ माइतीघर हाइटस्थित प्रथम गभर्नर हिमालयशमशेर जंगबहादुर राणाको घरमा सहमतिको ड्राफ्ट तयार गरिएको थियो । त्यही सहमतिपत्रमा राति हात्तीगौंडास्थित क्याप्टेन रामेश्वर थापाको निवासमा देउवा र ओलीले हस्ताक्षर गरेका थिए ।

ड्राफ्ट तयार पार्न पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल सक्रिय थिए । उनी हिमालयका ज्वाईं हुन् भने वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार हुन् ।

माइतीघरमा ड्राफ्ट तयार भएपछि हात्तीगौंडास्थित थापाको घरमा भेला भएका नेताहरूले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव आयोग बनाउने र निर्वाचन प्रणाली परिवर्तन गर्ने सहमति गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

One thought on “पूर्वप्रधानमन्त्री छोरा र उद्यमी, जो सरकार फेर्न सक्रिय रहे

  1. प्रधान मन्त्री केवल पदको लागि र भ्रष्ट्राचारको गरेको छानबिन रोक्न मात्र सरकार परिवर्तन गर्ने प्रथा यो देश र जनताले मुक्ति कहिले पाउने होला। जनतानै भेंडा भये पछि के लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर