राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री दाहाल शीतलनिवास पुगेका हुन् ।

हिजो मध्यराति नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) सँगको सत्ता सहकार्य तोडेर नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी गरेको छ । यसपछि वर्तमान सरकारमा संकट पैदा भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर