रास्वपा नयाँ सरकारमा सहभागी नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सत्ता समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता समीकरणको सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार जना मन्त्रीहरू छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

एमालेले माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोडेर कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि वर्तमान सरकार संकटमा परेको छ । सोमबार मध्यराति दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी सत्ता सहकार्यको सहमति गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर