प्रधानमन्त्री दाहालले राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने भएका छन् ।

मंगलबार बिहान बालुवाटारमा पार्टीका मन्त्रीसहित बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने बरू संसद फेस गर्ने निष्कर्ष निकालिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणको सहमतिसँगै प्रधानमन्त्री दाहाललाई राजीनामा दिने वा विश्वासको मत लिने दुई विकल्प थिए । त्यसमा उनले दोस्रो विकल्प रोजेका हुन् ।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर