बालेनको टिप्पणी- ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले सत्ता समीकरणमा आएको फेरबदलबारे कडा टिप्पणी गरेका छन् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै यो समय गिरिबन्धु चियाको भएको बताएका हुन् । ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले’, मेयर शाहले लेखेका छन् ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर