एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ समीकरणका लागि गएराति सहमति भएसँगै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेस र एमालेबीच गएराति आलोपालो सरकारको नेतृत्वदेखि संविधान संशोधन लगायत सात बुँदामा सहमति भएको छ ।

सहमति अनुसार पहिलो चरणमा डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछि बाँकी कार्यकालका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन एमालेले आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर