माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै
१८ असार २०८१ ८:०६
सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने रातोपाटीलाई जानकारी दिए ।
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ ।
प्रतिक्रिया