भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसद्वारा निर्देशक समिति गठन

नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संघ-संगठनको महाधिवेशन सम्पन्न गराउन अधिकारसम्पन्न निर्देशक समिति गठन गरेको छ।

निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्नेछन्। यस्तै विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।

सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यो अवधिसम्मका लागि संघका तदर्थ कार्यसमितिको समयावधि थप गरिएको छ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेश गर्नेगरी उक्त निर्णय नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांगता संघ र नेपाल थारू संघको हकमा लागु हुने उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर