रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । चालकसहित ८ जना घाइते छन् ।’

मृतकहरुको सनाखत नभएको उनले बताए । माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । ‘केही घाइतेहरु हेर्दा सामान्य देखिए पनि भित्री चोट हुनसक्छ । यहाँ जाँच गर्ने उपकरणहरु छैनन् । त्यहीभएर भैरहवा रिफर गर्ने तयारी भइरहेको छ,’ प्रजिअ रायमाझीले भने ।

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर