महामन्त्री ढकालबारे उपसभापति अर्याल : पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन्।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा. मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन्। उनले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएकाे भन्दै बुधवार बस्ने पार्टी केन्द्रिय कमिटी बैठकले सोबारेमा निर्णय लिने बताए।
उनले बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए।
उनले भने, ‘केही भएको छैन, उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो। त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला। त्यसकारणले पार्टी सभापतिज्युलाई बुझाउनुभएको छ। हामी बैठक बस्दैछौँ। पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं। पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुनेकुरा हो। हामीले प्रतिवेदन पढेका छैनौँ। पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ। त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ।’
उनले आफूले प्रतिवेदन नपाएको प्रतिवेदन पाएर अध्ययन गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताए।
- वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने
- जुम्लामा नूनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेसन
- ३० वर्षे सेवा अवधि : २१ प्रहरी अधिकृतले फिर्ता लिए सर्वोच्चमा दायर रिट
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
प्रतिक्रिया