बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई यौन दुराचारको कसुरमा १० वर्षको कैद सजाय सुनाइएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई सोमबार १० वर्ष कैद सजाय र पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो ।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस, २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । बम्जन हाल महोत्तरी कारागार, जलेश्वरमा छन् ।

बम्जनविरूद्ध बालयौन दुराचारमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क१) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो ।

आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । उनीविरूद्धका अन्य मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर