बीआरआईमा ऋण स्वीकार्य हुँदैन : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा ऋण स्वीकार्य नहुने अडान लिएको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरूले बीआरआई परियोजनामा ऋण स्वीकार गर्न नसकिने बताएका हुन् ।

बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बीआरआई र त्यसअन्तर्गतका परियोजनाबारे कांग्रेस नकारात्मक नरहेको तर बीआरआईको ऋण देशले तिर्न नसक्ने भएकाले अनुदान मात्र स्वीकार गर्न सकिने बताए ।

चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *