ओलीले भने- यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन

सत्ता समीकरण फेरबदल हुन सक्ने चर्चाबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफू यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर