सत्ता समीकरण फेरबदलको चर्चा हल्ला मात्रै हो : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू हल्ला मात्रै भएको बताए । आफुले दुई जना नेताहरुसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए ।

गृहमन्त्री लामिछानेले शीर्ष नेताहरूबीचको भेटघाट समान्य भेटघाट रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए ।

‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन,’ गृहमन्त्री लामिछानेले भने, ‘मेरो भर्खरै दुई जना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदाखेरि भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर